+
+

दाङ र सप्तरीका सिडिओको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते ११:१४

९ असार, काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दाङ र सप्तरी जिल्लाका प्रजिअहरुको सरुवा भएको हो ।

गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा र दाङका प्रजिअ दीर्घनारायण पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालयको योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

द्रोण पोखरेलले अनिवार्य अवकाश पाएपछि कारागार व्यवस्थापन विभागको महानिर्देशक पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?