Comments Add Comment

जर्मनी समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा

१० असार, काठमाडौं । जर्मनी समूह एफको उपविजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूहको अन्तिम खेलमा हंगेरीसंग २-२ को बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।

घरेलु मैदान म्युनिकमा भएको खेलमा जर्मनीले दुई पटक पछि परेको स्थितिमा पुनरागमन गर्दै बराबरी गरेको हो ।

खेलको एडम सलाइले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको जर्मनीले ६६औं मिनेटमा बराबरी गोल फर्कायो । जर्मनीका लागि काइ हाभार्टले बराबरी गोल गरे।

त्यसको दुई मिनेटपछि अर्थात ६८औं मिनेटमा अन्द्राजस साफरले गोल गर्दै हंगेरीलाई पुन: अग्रता दिलाए । तर लियोन गोरेट्काले ८४औं मिनेटमा गोल गरेपछि जर्मनीले खेल बराबरी गर्न सफल भयो ।

बराबरीपछि ३ खेलबाट पोर्चुगल समान ४ अंक जोडेको जर्मनी हेड टु हेडमा अघि रहँदै समूह उपविजेता बनेको हो ।

३ खेलबाट २ अंक मात्र जोडेको हंगेरी भने समूह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment