+

नेपालले स्पेनमा खेल्ने तय भएको त्रिकोणात्मक सिरिज स्थगित

२०७८ असार  १० गते १२:४८ २०७८ असार १० गते १२:४८
नेपालले स्पेनमा खेल्ने तय भएको त्रिकोणात्मक सिरिज स्थगित

१० असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच आगामी जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले बिहीबार उक्त सिरिज स्थगित भएको जानकारी गराएको छ । कोरोना महामारीका नामिबियाको अवस्था खराब रहेको र प्रशिक्षण तयारी तथा यात्रा प्रतिबन्धका कारण सिरिज स्थगित गरिएको आईसीसीले जनाएको छ ।

अब यो सिरिज एक वर्षपछि अर्थात २०२२ को जुलाईमा हुने आईसीसीको भनाइ छ । नेपालले यही सिरिजका लागि मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय