Comments Add Comment

क्रिकेट टिमको प्रशिक्षण रोकिने

११ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण रोकिने भएको छ । आगामी जुलाईमा स्पेनमा तय भएको विश्वकप लिग २ अन्तर्गत नेपाल स्कटल्याण्ड र नामिबिया सम्मिलित स्थगित भएपछि नेपालको प्रशिक्षण पनि रोकिने भएको हो ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रशिक्षण रोकिने जानेकारी दिए ।

‘सिरिज स्थगित भइसकेको छ । अब टिमसँग सल्लाह गरेर एक/दुई दिनमा प्रशिक्षण पनि रोकिनेछ,’ चन्दले भने ।

सिरिज खेल्ने टिम नामिबियामा कोरोनाको ठूलो असर रहेको प्रशिक्षण र ट्राभलमा प्रतिबन्ध रहेकोले सिरिज स्थगित गर्ने निर्णय गरेको आइसीसीले जनाएको छ । यस सिरिज अब २०२२ जुलाईमा हुनेछ ।

यसअघि मार्चमा ओमानमा तय भएको नेपाल ओमान र अमेरिकाबीचको सिरिज पनि कोरोनाकै कारण स्थगित भएको छ ।

क्यान अध्यक्ष चन्दले ओमानको सिरिज सेप्टेम्बरमा गर्ने बारे प्रस्ताव भएको खुलासा गरे । तर त्यसबारे कुनै निर्णय भने नभएको उनले बताए । ‘ओमान सिरिज सेप्टेम्बरमा गर्ने प्रस्ताव भएको छ तर निर्णय भएको छैन,’ चन्दले यदी भारतमा टी-२० विश्वकप आयोजना भएमा यो सिरिज पनि हुने सम्भावना रहेको बताए ।

यदी सेप्टेम्बरमा सिरिज हुने पक्का भएमा नेपालले केही समयपछि फेरि प्रशिक्षण सुरु गर्नेछ ।

तर तत्कालका लागि कुनै खेल नभएकोले अहिले प्रशिक्षण रोकिने उनले बताएका हुन् ।

यस्तै अब कुनै सिरिज र प्रशिक्षण नहुने भएपछि मुख्य प्रशिक्षक डेभ वाटमवरको भविष्य पनि के हुने भन्ने अन्योल जस्तै छ । वाटमोरको प्रशिक्षणमा नेपालले बैशाखमा टी२० त्रिकोणात्मक सिरिज खेलेको थियो । तर ५० ओभरको क्रिकेट खेल्न पाएको छैन ।

नेपाल कुनै खेल नभएमा वाटमोर पनि यहाँ नबस्ने चन्दले बताए । उनले यसबारे छलफल गरेर अघि बढ्ने बताए ।

अहिलेकै स्थिति हेर्दा नेपालले खेल्ने अर्को सिरिज २०२२ फेब्रुअरीमा मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment