
११ असार, जनकपुरधाम । धनुषामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।
जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्या गरेका हुन् ।
उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4