Comments Add Comment

देशभर थपिए २,४७६ कोरोना संक्रमित, २७ जनाको मृत्यु

११ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५८६ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जना गरी २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यस्तै ५ हजार ४५५ जना निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । तीमध्ये ८ हजार ९४५ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख ७६ हजार ४१३ संक्रमणमुक्त भएका छन् ।

हाल देशभर रहेका ४५ हजार ७९४ जना सक्रिय संक्रमितमध्ये ४२ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ८८४ जना छन् । तीमध्ये ७१४ जना आईसीयू र २०१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कहाँ कति थपिए संक्रमित

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४२७ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३०८, ललितपुरका ७६ र भक्तपुरका ४३ जना छन् ।

यस्तै मोरङमा ९७, सुनसरीमा ९४, गुल्मीमा ५३, झापामा ४७, सिन्धुपाल्चोकमा ४४ र मकवानपुरमा ४० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । चितवनमा ३६, सल्यानमा ३५, लमजुङमा ३४, सर्लाहीमा ३१, गोरखामा २९ र पर्वतमा २५ जना संक्रमित थपिएका छन् । यसैगरी रुपन्देही र कैलालीमा २३/२३ र नवलपरासी पूर्वमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment