+
+
Shares

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना कोरोनाका कारण प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १८:३५

११ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट) कोभिड १९ का कारण प्रभावित भएको छ ।

कोभिडका कारण यो वर्षको तालिम शुरु हुन नसकेको परियोजनाका निर्देशक चन्द्रकान्त भुषालले जानकारी दिए । ‘तालिमका लागि सम्बन्धित तालिम केन्द्रहरुसँग सम्झौता भईसकेको छ । कोभिडको कारण तालिम शुरु हुन सकेको छैन । भौतिक रुपमा दिनुपर्ने तालिमहरु भएकोले अवस्था सामान्य हुँदै गएपछि तालिम शुरु हुन्छ ।’ उनले भने ।

कोभिड १९ का कारण गत वर्ष पनि तालिम ढिला शुरु भएको थियो । यस वर्ष टीएसएलसीमा भर्ना भएका पाँच हजार पाँच सय जना र प्राविधिक शिक्षाको डिप्लोमा अध्ययन गरिरहेका एक हजारलाई छात्रवृत्ति उपलब्ध गराइएको छ ।

अहिलेसम्मको प्रगति

पाँच वर्षे परियोजनाको को अन्तिम दोस्रो वर्षसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरेको परियोजनाले जनाएको छ । पाँच वर्षको अवधिमा भौचरमा आधारित ६९ हजार पाँच सय युवालाई तालिम दिने लक्ष्य लिएकोमा हालसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरेको परियोजना निर्देशक चन्द्रकान्त भुषालले बताए ।

गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगार उन्मुख जनशक्तिको आपूर्ति बढाउनु, नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा एवं तालिम क्षेत्रको सेवा प्रवाहलाई सुदृढ बनाउने उद्धेश्यका साथ सन्चालित परियोजना रहेको निर्देशक भुषाल बताउँछन् । ।

परियोजना अन्तर्गत हाउस वायरिङ, वेल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर लगायत विभिन्न ४० किसिमका सीप सिकाउने गरिएको छ । टेक्निकल एसएलसी (टीएसएलसी)का विद्यार्थीलाई जनही ५० हजार रुपियाँ र डिप्लोमाका विद्यार्थीलाई जनही डेढ लाख रुपियाँ उपलब्ध गराउने गरिएको छ ।

निर्देशक भुषालले पहिलो वर्ष र दोस्रो वर्षमा रोजगारी दर सरदर ७५ प्रतिशत रहेको जानकारी दिँदै कोभिड–१९ का कारण गत वर्षको रोजगारी दर मूल्याङ्कन हुन नसकेको बताए । परियोजनाले तीन महिनाको तालिम र त्यसपछि छ महिना रोजगारीको अवधि निर्धारण गरेको छ ।

परियोजना निर्देशक भुसालले नेपालमा सफल देखिएपछि विश्व बैङ्कले भौचरमा आधारित छोटो अवधिको तालिमलाई अन्य मुलुकमा पनि प्रयोगमा ल्याएको बताए ।

भौचरमा आधारित, नतिजामा आधारित लगायतका विभिन्न तालिम पाँच वर्षभित्र एक लाख १५ हजारलाई उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

परियोजनाको तीन वर्षको लक्ष्यमा नतिजामा आधारित (परियोजनाको नियमानुसार तालिम केन्द्रले विद्यार्थीको छनौट गरी तालिम दिएको आधारमा) ९६ दशमलव ४० प्रतिशत, भौचरमा आधारित तालिम (परियोजनाले आयोजना गरेको भौचर मेलामा विद्यार्थी आफैले आफ्नो रुची अनुसार तालिम केन्द्र रोजी तालिम लिएको आधारमा) ७९ दशमलब ८४ प्रतिशत, टिएसएलसी छात्रवृत्ति ९३ प्रतिशत ५५ प्रतिशत, डिप्लोमा छात्रवृत्ति ८५ दशमलब ७० प्रतिशत पुरा भएको परियोजनाले जानकारी दिएको छ ।

विश्व बैंकको ६ अर्ब आर्थिक सहयोगमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको दोस्रो चरण सेप्टेम्बर २०१७ देखि १५ जुलाई २०२२ सम्म कार्यन्वयनमा रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?