Comments Add Comment

खरायोले किन खान्छ आफ्नै मल ?

पृथ्वीमा रहेका सबै जीवजन्तुका आ–आफ्नै विशेषता छन् तर कतिपय जीवहरुका आनीबानी यस्ता हुन्छन् कि त्यस्तो आनीबानी अरुका लागि निकै अनौठो तथा असहज पनि लाग्न सक्दछ ।

हामी सबैले चिनेको जनावर खरायोको पनि यस्तै अनौठो आनीबानी हुन्छ । खरायोले आफ्नै मल खाले गर्दछ ।

आफ्नै दिसा खानुका पछाडि विशेष वैज्ञानिक कारण छ । वास्तवमा आफ्नै स्वास्थ्यका लागि खरायोले आफ्नै दिसा खाएको हुन्छ । खरायोले आफ्नै दिसा खानु उसको स्वास्थ्य तथा पाचन प्रक्रियाका लागि निकै महत्वपूर्ण प्रक्रिया हो ।

खरायो एउटा यस्तो जीव हो जसको पाचनतन्त्र राम्रो तरिकाले विकसित भएको हुँदैन । यो जीवले आफ्नो अधिकांस समय घाँस खाएरै बिताउँछ । जसका कारण खरायोको पेटमा धेरै खानेकुरा पचेकै हुँदैन र निकै धेरै पोषक तत्वहरु मलसँगै बाहिर आउँछ । त्यसैले यसरी गरेको पोषक तत्वयुक्त दिसालाई खरायोले पुनः खान्छ जसका कारण पाचन प्रणालीले बढी भन्दा बढी पोषक तत्व ग्रहण गर्दछ ।

गाई र भैँसीले पेटमा निलिसकेको खानेकुरा पुनः मुख्यमा ल्याएर चपाउने र फेरि निल्ने जुन कार्य गर्दछन् खरायोका लागि पनि आफ्नो दिसा खाने काम त्यस्तै हो ।

खरायोको मल दुई प्रकारको हुन्छ, पहिलो तरल र अर्को ठोस । तरल मललाई सिकोट्रोप भनिन्छ, जुन पोषक तत्वले भरिपूर्ण हुन्छ । खरायोले यस्तो तरल दिसालाई खाएर पोषक तत्वलाई पचाउँदछ र त्यसपछि ठोस मल त्याग गर्दछ, जसमा पोषक तत्व कम हुन्छ ।

सिकोट्रोप अर्थात् खरायोको तरल दिसामा ठोस मलको तुलनामा पोषक तत्व दोब्बर हुन्छ । यदि खरायोले सिकोट्रोप खाएन भने उसको सरीरले अधिकांस पोषक तत्व पचाउनै सक्दैन ।

अर्को रोचक तथ्य के भने खरायोको पाचनतन्त्र रातको समयमा बढी सक्रिय हुन्छ र रातमै धेरै भन्दा धेरै नपचेको खानेकुरासहितको दिसा बाहिर निकाल्दछ । खरायोले रातकै समयमा सिकोट्रोप अर्थात् तरल मल पनि बाहिर निकाल्दछ र रातमै त्यो मल पुनः खान्छ । उक्त तरल मललाई खाइसकेपछि पूर्ण रुपमा पचाएर ठोस मलको रुपमा फेरि दिसा गर्दछ ।

यद्यपि जनावरहरुको दुनियामा खरायो मात्र यस्तो जीव होइन जसले आफ्नो दिसा खान्छ । विभिन्न खाले मुसा तथा गिनी पिग लगायतका केही शाकाहारी जीवहरुले पनि आफ्नै दिसा आफैं खाने गरेको पाइन्छ ।

उसो त पृथ्वीमा कतिपय यस्ता जीवहरु पनि छन् जसले अर्को जीवको दिसा खान्छन् । त्यसको सजिलो उदाहरण हामी सबैलाई थाहा भएको कुकुर नै हो ।

यसरी आफ्नै वा अर्काको दिसा खाने जनावहरु पर्यावरणका लागि निकै फाइदाजनक तथा महत्वपूर्ण हुन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment