Comments Add Comment

क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित

११ असारकाठमाडौं । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । आगामी जुलाईमा स्पेनमा सञ्चालन हुने तय भएको विश्वकप लिग २ अन्तर्गत नेपाल स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज स्थगित भएपछि नेपालको प्रशिक्षण पनि स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यानले जनाएको छ ।  

क्यानले स्पेनमा हुने उक्त सिरिजको तयारीका लागि १९ खेलाडी समावेश गरेर बन्द प्रशिक्षण सञ्चालन गरेको थियो । बन्द प्रशिक्षण स्थगित भए पनि खेलाडीहरुले सानो समूहमा मुख्य प्रशिक्षक डेभ वाटमोर र फिजियो विक्रम न्यौपानेको निगरानीमा प्रशिक्षण गर्ने पनि क्यानले जनाएको छ ।

नामिबियामा कोरोनाको ठूलो असर रहेको, प्रशिक्षण र यात्रामा प्रतिबन्ध रहेको कारण देखाएर आईसीसीले सिरिज स्थगित गरेको थियो । अब उक्त सिरिज एक वर्षपछि अर्थात सन् २०२२ को जुलाइमा हुनेछ ।

यसअघि मार्चमा ओमानमा तय भएको नेपाल ओमान र अमेरिकाबीचको सिरिज पनि कोरोना महामारीकै कारण स्थगित भएको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ओमानको सिरिज सेप्टेम्बरमा गर्नेबारे प्रस्ताव भएको बताएका थिए । तर त्यसबारे कुनै निर्णय भने नभएको उनले बताए । चन्दले यदि टी२० विश्वकप आयोजना भएमा यो सिरिज पनि हुने सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment