Comments Add Comment

अमेरिकाको मियामीमा भवन भत्किँदा मृतक संख्या ५ पुग्यो, १५६ जना बेपत्ता

१३ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामीमा १२ तलाको भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । स्थानीय प्रशासनका अनुसार ५५ अपार्टमेन्ट भएको उक्त भवन आंशिक रुपमा भत्किँदा अहिलेसम्म बेपत्ता हुनेको संख्या पनि १५६ छ ।

मियामीकी मेयर डेनिएला लेभिनले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा अहिलेसम्म पाँच जनाको शव फेला परेको बताइन् । धेरैभन्दा धेरै मानिसको ज्यान बचाउनु आफूहरुको उद्देश्य रहेको उनको भनाइ छ ।

बिहीबार बिहान उक्त भवन भत्किएको थियो । त्यससँगै मानिसहरुलाई उद्धारको प्रयास भइरहेको छ । यद्यपि अहिलेसम्म स्थानीय निकायले खुलेर यस विषयमा कुनै जानकारी दिएको छैन ।

यद्यपि शनिबार सन् २०१८ को इन्जिनियरहरुको रिपोर्ट सार्वजनिक गरिएको थियो । उध्क्त रिपोर्टअनुसार यो भवन निर्माणमा आधारभूत रुपमा नै समस्या देखिएको थियो । जसको कारण भवनबाट पानी बाहिर निस्किनुको सट्टामा त्यसको जगमा जम्मा हुन्थ्यो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अहिले उद्धारकर्ताहरु घटनास्थलमा ठूला मेसिन, ड्रोन र विशेषगरी प्रशिक्षण दिइएका कुकुरको प्रयोग गरिएको छ ।

शनिबार ढलेको भवनको एक भागमा आगो लाग्दा उद्धारको काम केही समयका लागि रोकिएको थियो । समाचारमा बताइएअनुसार यो भवनमा हराउनेमा इजरायल र ल्याटिन अमेरिकाका मानिसहरु पनि छन् । स्थानीय प्रशासनका अनुसार अहिले उक्त भवनबाट सुरक्षित निकालिएका मानिसहरुलाई नजिकैको होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment