+

कोपा अमेरिका फुटबल : पेरु क्वाटरफाइनलमा, भेनेजुएला बाहिरियो

२०७८ असार  १४ गते ९:२८ २०७८ असार १४ गते ९:२८
कोपा अमेरिका फुटबल : पेरु क्वाटरफाइनलमा, भेनेजुएला बाहिरियो

१४ असार, काठमाडौं । पेरु ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरुले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

ब्रासिलियामा भएको खेलमा पेरुको लागि आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल नै निर्णायक बनेको थियो ।

यस जितपछि पेरु समूह ‘बी’ मा ७ अंक जोड्दै उपविजेता बनेको छ । पेरुले ४ खेल मध्ये २ खेल जित्दा एक बराबरी र एक हारको नतिजा निकालेको हो ।

उता जितविहीन भेनेजुएला भने अन्तिममा रहँदै समूह चरणबाटै बाहिरिएको छ । भेनेजुएलाले ४ खेल मध्ये २ बराबरी र २ हारबाट जमेमा २ अंक जोडेको थियो ।

कोपा अमेरिका फुटबल पेरु भेनेजुएला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय