+
+
Shares

भरतपुर क्यान्सर अस्पतालमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १२:४४

१४ असार, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगले चासो देखाएको छ । आयोगको टोलीले आइतबार क्यान्सर अस्पतालको निरीक्षण गरेर कार्यक्रम सञ्चालनका बारेमा छलफल गरेको छ ।

चिकित्सा शिक्षा आयोगका सदस्य प्रा. डा. आरती शाह, प्रा. डा. दिलीप शर्मा, प्रा. डा. रमेशचन्द्र आचार्य र प्रा. डा. संघरत्न बज्राचार्यको टोलीले अस्पतालको निरीक्षण गरेको हो ।  अस्पतालमा मेडिकल अंकोलोजी, सर्जिकल अंकोलोजी र रेडियसन अंकोलोजीका १८ विषयमा सुपर स्पेसलिष्ट कक्षाहरु डीएम र एमसीएच चलाउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।

‘आयोगले प्रवेश परीक्षा लिएर, भर्ना गरेर हामी कहाँ पठाउँछ, हामी पढाउँछौं,’ उनले भने, ‘रजिष्ट्रेसन गर्ने, परीक्षा लिने, सर्टिफिकेट दिने काम आयोगकै हुन्छ, हामीले प्रतिष्ठान बनाएपछि हामी नै दिन्छौं ।’

अस्पतालले आगामी वर्षका लागि १८ जनालाई अंकोलोजी विषयमा डीएम र एमसीएच निःशुल्क पढाउनका लागि रकमसमेत आउने अस्पतालका उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले जानकारी दिए । उनीहरुलाई स्वास्थ्यको नवौं तहको चिकित्सकले पाउने बराबरको सुविधा दिइने उनको भनाइ छ ।

‘हामीले १८ जनाभन्दा बढीलाई पनि पढाउन सक्छौं, आयोगले बनाउने मोडालिटी कस्तो हुन्छ त्यो हेर्न बाँकी छ,’ डा. शर्माले भने । वीर अस्पतालमा डीएम मेडिकल अंकोलोजी विषयमा पढाइ भए पनि केही वर्षअघिदेखि रोकिएको छ । एमसीएच अंकोलोजी सर्जरी भने नेपालमा अहिलेसम्म सुरु भएको छैन ।

डीएम र एमसीएचको कार्यक्रम चलेपछि बिरामीहरुले अझै गुणस्तीय सेवा पाउने तथा जनशक्तिको उत्पादन र थप अनुसन्धान हुने विश्वास अस्पतालले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?