१४ असार, जनकपुरधाम । प्रदेश २ मा १४ लाखभन्दा बढी बिरुवा रोप्ने अभियान शुरु भएको छ । सोमबार प्रदेशका आठवटै जिल्लामा एकसाथ यो अभियान शुरु भएको हो ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश सरकारले यो अभियान शुरु गरेको हो । अभियानको एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् । धनुषाको मिथिला नगरपालिका ४ पुष्पलपुरमा बर र पिपलको रुख रोपेर मुख्यमन्त्री राउतले उद्घाटन गरे ।
अभियानअन्तर्गत सप्तरीमा समाजिक विकासमन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव, महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री राम नरेश राय र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय र महिला वालवालिका तथा खेलकुद मन्त्री वीरेन्ऽकुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्ऽ राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव तथा पर्सामा ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले वृक्षारोपण गर्दै अभियान शुरु गरिरहेका छन् ।
यो अभियानअन्तर्गत सात दिनसम्म प्रदेशका जिल्लामा वृक्षारोपण गरिनेछ । आठवटै जिल्लाको कुल एक हजार १३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७९६ वटा विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्ऽ कँडेलले जानकारी दिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4