Comments Add Comment

माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २० खर्ब डलर नाघ्यो

काठमाडौं । माइक्रोसफ्ट कम्पनी २० खर्ब अर्थात् २ ट्रिलियन डलर बजार मूल्य पुगेको दोश्रो सार्वजनिक अमेरिकी कम्पनी बनेको छ । यसअघि एप्पलले पहिलोपटक २ ट्रिलियन डलर बजार मूल्यको कोशेढुंगा पार गरेको थियो ।

अमेरिका बाहिरको सार्वजनिक कम्पनीमा भने साउदी अरबको अराम्को तेल कम्पनी २ ट्रिलियन डलर बजार मूल्य पूग्ने एकमात्र कम्पनी हो । सन् २०१९ मा शेयर जारी गरेको अराम्कोको बजार मूल्य विगतमा २ ट्रिलियन डलर नाघेको थियो तर अहिलेको बजार मूल्य चाहिँ १.८८ ट्रिलियन डलर छ ।

अघिल्लो वर्षको अगष्ट महिनामा २ ट्रिलियन डलर बजार मूल्य पुगेको एप्पल कम्पनीको हालको बजार मूल्य २.२४ ट्रिलियन डलर पुगेको छ । त्यस्तै अमेजनको मार्केट क्याप १.७७ ट्रिलियन र गुगलको मातृ कम्पनी अल्फाबेटको बजार मूल्य १.६७ ट्रिलियन डलर रहेको छ ।

मंगलबार शेयर मूल्यमा भएको १.१ प्रतिशतको बढोत्तरीसँगै माइक्रोसफ्टको बजार मूल्य २ ट्रिलियन डलर पुगेको हो ।

दुई वर्ष अगाडि १० खर्ब डलर बजार मूल्य पुगेको माइक्रोसफ्टले दुई वर्षमै दुई खर्बको बजार मूल्य पुर्याएको छ ।

कोभिड–१९ महामारीले धेरै भन्दा धेरै मानिसहरु अधिकतम समय विद्युतीय उपकरणमै घरभित्र बस्न बाध्य भैरहेको र घरबाटै काम गरिरहेको अवस्थामा माइक्रोसफ्टका कम्प्युटर, गेमिङ सिस्टम र क्लाउड कम्प्युटिङको बिक्री उच्च भएको छ । यसले कम्पनीको व्यापारमा वृद्धिसँगै शेयर मूल्यमा पनि वृद्धि भएको हो ।

सन् २०२० को मार्च महिना यता माइक्रोसफ्ट कम्पनीको शेयर मूल्यमा ६४ प्रतिशतले बढोत्तरी भएको छ ।

गत अप्रिल महिनामा सार्वजनिक तथ्यांक अनुसार माइक्रोसफ्टले जनवरीदेखि मार्चसम्मको त्रैमासिकमा ४१ अर्ब ७० करोडको व्यापार गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।

–सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment