Comments Add Comment

कभानीको गोलमा उरुग्वेले पाराग्वेलाई हरायो

१५ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबल अन्तर्गत समूह ए को अन्तिम खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । एडिनसन कभानीले पहिलो हाफमा गरेको एक मात्र गोल गोलको मद्दतमा उरुग्वे विजयी भएको हो ।

निल्टन सान्तोस स्टेडियममा भएको खेलमा कभानीले २१औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

पाराग्वेका एन्जल रोमेरोले नाहिटन नान्डेजलाई फाउल गरेपछि उरुग्वेले पेनाल्टी पाएको थियो र त्यसमा कभानीले गोल गरे ।

यस जितपछि उरुग्वे समूह एमा ४ खेलबाट ७ अंक जोड्दै उपविजेता बनेको छ ।

उरुग्वेले अब क्वाटरफाइनलमा समूह ‘ए’ मा तेस्रो भएको कोलम्बियासँग खेल्नेछ । समूह ‘ए’ मा तेस्रो भएको पाराग्वेले भने समूह ‘बी’ मा दोस्रो भएको पेरुसँग खल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment