Comments Add Comment

दक्षिण अफ्रिकामा बहुपतिप्रथाको प्रस्ताव, मच्चियो हलचल

दक्षिण अफ्रिकामा सरकारको एउटा प्रस्तावलाई लिएर अहिले हलचल मच्चिएको छ । प्रस्ताव अनौंठो छ । सरकारको प्रस्ताव अनुसार, कुनैपनि महिलाले एकै समयमा एकभन्दा बढीसँग विवाह गर्नका लागि कानुनी मान्यता दिन भनिएको छ ।

तर, यस प्रस्तावलाई लिएर दक्षिण अफि्रकामा विरोध सुरु भएको छ । यद्यपि प्रोफेसर कालिन्स मचोको यसबाट कतिपनि चकित छैनन् । मचोको यस्तै विषयमा चासो राख्ने चर्चित शिक्षाविद् हुन् ।

उनले बीबीसीसँग भनेका छन्, ‘आपत्ति नियन्त्रणलाई लिएर हो । अफि्रकी समाज समानताको लागि तयार नै छैन । मलाई थाहा छैन कि ती महिलाको के काम, जसमाथि तपाईं नियन्त्रण राख्न सक्नुहुन्छ ।’

दक्षिण अफ्रिकाको संविधानलाई विश्वकै सबैभन्दा उदार मानिन्छ । जसमा सबैका लागि समलैंगिक विवाह र पुरुषका लागि बहुविवाह अपनाइएको छ ।

व्यवसायी एवं टेलिभिजन पर्सनालिटी मूसा मसेलेक त्यस व्यक्तिमा एक हुन्, जो महिलाको बहुविवाहसम्बन्धी उक्त प्रस्तावको विरोधमा छन् । जबकि उनकै चार पत्नी छन् ।

उनी भन्छन्, ‘यसले अफ्रिकी संस्कृति नष्ट हुनेछ । धेरै पति राख्ने व्यक्तिको बच्चा के होला ? उनीहरुको पहिचान कस्तो हुन्छ ?’ मसेलेकु दक्षिण अफ्रिकाको एक रियलिटी शोका स्टार हुन् ।

उनी भन्छन्, ‘महिलालाई पुरुषको भूमिका दिन सकिँदैन । यस्तो कहिल्यै सुनिएको पनि छैन । के महिला अब पुरुषको पत्नीको मूल्य प्रदान गर्न सक्छन् ? के पुरुषले महिलाको उपनाम -जात) राख्न सक्छन् ?’

प्रोफेसर मचोकोले छिमेकी जिम्बाबेमा महिलाको बहुविवाहमाथि शोध गरेका छन् । मचोकोको जन्म जिम्बाबेमा नै भएको थियो । उनले यसका लागि २० महिला र उनीहरुका ४५ श्रीमानसँग कुराकानी गरेका थिए । अहिले त्यहाँ यस्तो विवाह सामाजिक र कानुनी रुपले वर्जित छ ।

उनी भन्छन्, ‘समाजले महिलाको बहुविवाहलाई अस्वीकार गरेको छ । यसैले यस्तो विवाह बाध्यतावश गुपचुप गराइन्छ । यसलाई रहस्यमै राखिन्छ । जब कुनै विश्वासिलो व्यक्तिभन्दा बाहिरको मान्छेले उनीहरुलाई प्रश्न सोध्छ तब उनीहरुले यसबारे खुलेर बताउनै सक्दैनन् । यसो गर्दा बदलाको भावना वा उत्पीडनको डर हुन्छ ।’

मचोको शोधमा सामेल सबै व्यक्ति अलग-अलग बस्थे, तर, उनीहरु महिलाको बहुविवाहलाई लिएर प्रतिबद्ध थिए । प्रोफेसर मचोकोले भने, ‘एक पत्नीले त भनिन् कि उनी एकै समयमा केही पुरुषसँग विवाह गर्ने इच्छा त्यस समय राख्थिन्, जब उनी छैठौं कक्षामा थिइन् र करिब १२ वर्षकी थिइन् । यस्तो विचार उनमा यसपछि आयो कि, कसरी एक रानी मौरी अरु थुप्रै पुरुष माहुरीसँग बस्छ ।’

जब ती महिला वयस्क भइन्, तब उनले आफ्ना केही पार्टनरसँग यौन सम्बन्ध बनाउन सुरु गरे र तिनीहरु सबै एकअर्कासँग परिचित थिए । मचोकोका अनुसार उनका ९ पतिहरुमध्ये चार जना उनकै पहिलेका ब्वाइफ्रेन्डहरु थिए ।

अनुसन्धान के भन्छ ?

महिलाको बहुविवाहमा महिला नै सम्बन्धका लागि पहल गर्छन् र आफ्ना पतिलाई यसमा भागिदार बनाउँछन् । कतिले त पत्नीको मूल्य भने आर्थिक दण्ड तिर्नुपर्ने समेत हुन्छ । यदि कुनै पतिले उनीहरुको सम्बन्धमा अस्थिता पैदा गर्छन् भने, महिलाले उसलाई छाड्छिन् र अरु पतिसँग बस्छिन् ।

प्रोफेसर मचोको आफ्नो अध्ययनले पुरुषहरु प्रेमकै कारण यस किसिमको विवाहका लागि तयार भएको पाइएकेा बताउँछन् । उनीहरु आफ्नी पत्नी गुमाउन नसक्दा बहुपतिप्रथा स्वीकार्न बाध्य भएको बताउँथे ।

कतिपय पुरुषले यस तथ्यलाई अर्को कोणबाट पनि उजागर गरेका छन् । उनीहरु आफ्नी पत्नीलाई यौनसुख दिन सकिरहेका थिएनन् । तब उनले सम्बन्ध विच्छेद र अफेयरबाट बच्नका लागि दोस्रो विवाहका लागि तयार भएको बताउँथे ।

एक अन्य कारण बाझोपन पनि थियो । केही पुरुषले आफ्नी पत्नीका लागि दोस्रो पतिको लागि मञ्जुरी यसकारण दिएका थिए कि उनको बच्चा होस् । यही हिसाबले पुरुषले समाजमा आफ्नो लाज छोप्न सक्थे र नामर्द कहलिने सामाजिक कलंकबाट बच्न सक्थे ।

प्रोफेसर मचोको भन्छन् कि, उनलाई थाहा छैन दक्षिण अफ्रिकामा एक महिलाले केही श्रीमान् राख्न सक्छन् वा सक्दैनन् । अहिले महिला अधिकारसँग जोडिएका कार्यकर्ताले सरकारसँग भनेका छन् कि उनीहरु यस्तो विवाहलाई समानता र रुचिको हिसाबले कानुनी रुप दिइयोस् । अहिलेको कानुनले पुरुषलाई एकभन्दा बढी पत्नी राख्ने अधिकार दिएको छ ।

महिलाले एकभन्दा बढी पति राख्न पाउने प्रस्ताव एक दस्तावेजमा सामेल गरिएको छ, जसलाई आधिकारिक रुपले ग्रीन पेपर भनिएको छ । यस ग्रीन पेपरलाई सरकारले सर्वसाधारणको रायको लागि पेश गरेको छ । किनकि यो दस्तावेज सन् १९९४ मा गोरे अल्पसख्यकको शासनको समाप्तिपछि विवाह कानुनमा सबैभन्दा ठूलो परिवर्तनको सुरुवात हो ।

वुमन लिगल सेन्टरका एक वकिल चार्लिन मे भन्छिन्, ‘यो याद राख्नु महत्वपूर्ण छ कि यो मानवअधिकार कायम राख्नका लागि ग्रीन पेपरबाट हामीले नजर हटाउनुहुन्न ।’ उनको ल र्फमबाट प्रायः महिलाको अधिकारका लागि कानुनी लडाइँ लड्ने गरिएको छ ।

उनी भन्छन्, ‘हामी हाम्रो समाजको पितृसत्तात्मक मानसिकतालाई चुनौती दिने यस्तो कानुनी सुधारको पहललाई अस्वीकार गर्न सक्दैनौं ।’ दस्तावेजमा मुस्लिम, हिन्दु, यहुदी र रस्ताफेरियन -जमैकामा १९३० को दशकमा बनेको धर्म)लाई विवाहको कानुनी मान्यता दिने प्रस्ताव पनि छ ।

यस प्रस्तावलाई सम्बन्धित समुदायले स्वागत गरेका छन् । यद्यपि महिलाले एकभन्दा बढी पति राख्न पाउने कानुनी प्रस्तावलाई धर्मगुरुहरुले आलोचना गरेका छन् । संसदमा यी धर्मगुरुको पनि केही सिट छ ।

विपक्षी अफ्रिकी क्रिश्चियन डेमोक्रेटिक पार्टीका नेता रेवरेन्ड केनेथ मेशुले यो प्रस्तावले समाजिक व्यवस्था नष्ट गर्ने जिकिर गरेका छन् । उनले भने, ‘यस्तो समय पनि आउँछ, जब एक पुरुष भन्नेछ कि, तिमी धेरैजसो समय ती पुरुषसँग बस्छौ, मसँग बस्दैनौं । अनि दुई पुरुषबीच झगडा हुन्छ ।’

इस्लामिक अल जमा पार्टीका नेता गेनिफ हेन्डि्रक्सले भनेका छन्, ‘के तपाई कल्पना गर्न सक्नुहुन्छ कि यदि एक बच्चा जन्मिन्छ, तब केही डिएनए टेस्ट गर्नुपर्नेछ, यसका लागि कि उनका पिता को हुन भनेर ।’

अपिल

यता सेलुकले दक्षिण अफ्रिकाका जनतासँग अपिल गर्दैसमानताको सिद्धान्तलाई यति टाढासम्म नलैजान आग्रह गरेका छन् । उनले भनेका छन्, ‘केवल यसकारण कि केही कुरा संविधानमा छ, यसको अर्थ यो होइन कि त्यो हाम्रो इच्छा हुनेछ ।’

महिलाको लागि किन अलग हुनुपर्छ र तपाईंको पनि त चार पत्नी छन् भन्ने प्रश्नमा उनको जवाफ छ, ‘मलाई मेरो विवाहको कारण पाखण्डी भनियो । तर, अब म चुप रहनुको साटो बोल्नेछु ।’

तर, प्रोफेसर मचोको महिलामा बहुविवाहको एक समय किनिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो र नाइजेरियामा हुने गरेको बताउँछन् । गावोनमा त अहिले पनि हुन्छ । किनभने त्यहाँ कानुनले यसको अनुमति दिन्छ ।’

उनी भन्छन्, ‘ईसाई धर्म र उपनिवेशवाद आउनका साथै महिलाको भूमिका कम भयो । उनीहरु अब समान छैनन् । विवाह केवल उत्तराधिकारी स्थापित गर्ने उपकरण बनेको छ ।’

प्रोफेसर मचोको यस्तो विवाहबाट पैदा हुने बच्चालाई लिएर जुन चिन्ता व्यक्त गरिँदैछ, खासमा त्यो पितृसत्तामा निहीत रहेको दाबी गर्छन् ।

बिबिसीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment