Comments Add Comment

के मेकअप गर्ने महिला सक्षम हुँदैनन् ?

‘मैले बाल्यकालदेखि नै मेकअप गरेकी थिइन । एकदिन मैले रातो लिपस्टिक खरिद गरें । दोस्रो दिन अफिस जानुभन्दा अगाडि लिपस्टिक लगाएँ । जब म अफिस पुगें, केटामात्र होइन केटीहरु पनि मलाई छक्क परेर हेर्न थालें । मानौं म एलियन हुँ । केही दिनसम्म यस्तै उपक्रम चलेपछि मैले लिपस्टिक लगाउन छाडें । आखिर के फाइदा जुन कुराले मान्छेलाई असहज गराउँछ ।’

दिल्लीकी प्रतिभा मिश्र यसै भन्छिन् । के मेकअप गरेर कार्यलय जाने महिलाहरुप्रति सहकर्मीको दृष्टिकोण भिन्न हुन्छ ?

यो प्रश्न स्कटल्यान्डमा भएको एक अध्ययनपछि उठेको छ । यस अध्ययन अनुसार मान्छेको मानसिकता के हुन्छ भने, मेकअप गर्ने महिला राम्रो प्रबन्धक हुन सक्दैनन् ।

१६८ जना व्यक्तिमाथि गरिएको यस अध्ययनका क्रममा केही महिलालाई मेकअपमा र केही महिलालाई मेकअप बिना नै देखाएर सोधिएको थियो, यसमध्ये कुन अनुहार प्रबन्धक -म्यानेजर) जस्तो देखिन्छ ?

अध्ययन अनुसार ‘धेरै मान्छेले मेकअप नगरिएको अनुहारमा विश्वास गरे ।’

कसरी शृङ्गारले महिलाको क्षमतालाई पहिचान गर्छ ?

एबरटे युनिभर्सिटीमा भएको यस रिसर्चमा सहभागी भएका व्यक्तिहरुले भने कि, ‘मेकअप गर्ने महिला कामप्रति उति धेरै गम्भीर हुँदैनन् । त्यसैले उनीहरु राम्रो टिम लिडर बन्न सक्दैनन् ।’

भारत, नोएडामा पत्रकार काम गर्ने एक महिलाको अनुभवमा उनले दिनरात यस्तो ‘मूल्यांकन’ झेल्नुपर्छ । ‘म मिडिया उद्योगमा छु । यदि यहाँ राम्ररी सजिएर गइयो भने सहकर्मीहरुलाई कस्तो धारणा हुन्छ भने, उसले गम्भीर किसिमको रिपोर्टिङ गर्न सक्दैनन् । उनीहरुलाई मनोरञ्जन बिटमा पठाइदिनुपर्छ ।’ उनी के पनि थप्छिन् भने, त्यसैपनि महिलाले जुनसुकै कुरा सहजै प्राप्त गर्छन् भन्ने मान्छेमा धारणा छ । त्यसमाथि मेकअप वा विशेष किसिमको पहिरन लगाउने महिलालाई त सहजै उपलब्ध हुन्छ भन्ने ठानिन्छ । ‘मेरो महिला बोस समेत यस कुरामा सधै अचम्म मान्छिन् कि, यसरी मेकअप र पहिरन मिलाएर लगाउने समय मलाई कहाँबाट मिल्छ । किनभने उनी स्वयम् कहिल्यै राम्रो गेटअपमा हुँदैनन् ।’

महिलाले मेकअप गरेर अरुको ध्यान तान्न चाहन्छन् ?

स्कटल्यान्डमा आएको यो नतिजा सन् २०१६ मा भएको यस्तै एक र अर्को रिसर्च भन्दा एकदमै फरक छ । त्यसमा भनिएको छ कि, ‘मेकअप गर्ने महिलालाई कार्यलयमा अरू बढी सम्मान गरिन्छ ।’  यस्तोमा हामीले अलग अलग उमेरको महिला र पुरुषलाई सोध्यौ कि, ‘महिलाको क्षमता उनीहरुको मेकअप र पहिरन शैलीबाट तय गर्न सकिन्छ ?’

वरिष्ठ पत्रकार एवं लेखिका वर्तिका नन्दा भन्छिन्,  ‘यसमा कुनै फरक पर्नेवाला छैन कि तपाईंले मेकअप गर्नुभएको छ वा छैन । तपाईंको क्षमता र भित्री सुन्दरताले नै तपाईंलाई अगाडि बढाउने हो ।’

तर दिल्लीको इक्विटास बैंकमा काम गर्ने अमनदीप सिंहको राय यसभन्दा अलग छ । उनलाई लाग्छ कि, मेकअप गर्ने महिला आफ्नो कामलाई लिएर गम्भीर हुँदैनन् । उनी थप्छन्, ‘मेकअप गर्ने महिलालाई आफ्नो टीका, लिपस्टिकमै बढी ध्यान हुन्छ । तब उनीहरुले कहिले काम गर्छन् ?’

यता जुगल किशोर भन्छन्, ‘कुनै महिलाले मेकअप गरेर अफिस आउनु नराम्रो होइन । किनभने यससँग कामको कुनै लिनुदिनु छैन ।’

मुम्बईमा टेलिभिजन सोका लागि स्त्रिmप्ट लेख्ने अनुराधा गाखडको राय पनि यस्तै धारणा राख्छिन्, ‘मेकअप गर्नु र नगर्नु उनको निजी निर्णयको कुरा हो । तर, एभिएसन र सर्भिस उद्योग जस्तो केही पेसामा त यसको जरुरत पनि हुन्छ । अरु मान्छेले पनि त आफू स्वयंलाई ग्रुमिङ गर्छन् । उनीहरुलाई यसैको लागि तारिफ गरिन्छ भने महिलामाथि प्रश्न किन ?’

उनी थप भन्छिन्, ‘कति मान्छे अस्तव्यस्त देखिन्छन् । उनीहरु राम्ररी लुगा लगाएका वा मेकअप गरेका हुँदैनन् । उनीहरुले आफु स्वयम्को त ख्याल राख्न सक्दैनन् भने मेरो कार्यालयको काम कसरी गर्न सक्छन् होला ?’ यद्यपि आकर्षक देख्नुको लागि मेकअप नै गर्नुपर्छ भन्ने छैन । यो केवल त्यसको एउटा हिस्सा मात्र हो ।

आफ्नै खुसीको लागि सजिन्छन् महिला

कारागारमा बसेर काम गरिसकेकी वर्तिका नन्दा भन्छिन्, ‘अरुको ध्यान तान्नका लागि महिलाहरुले मेकअप गर्छन् वा लुगाफाटो राम्ररी लगाउँछ भन्नु भ्रम हो । जेलमा कुनै पनि किसिमको मेकअप वा शृङ्गारलाई अनुमति दिइँदैन । त्यस्तो प्रशाधन पनि त्यहाँ लैजान पाइँदैन । तर यति हुँदाहुँदै पनि महिलाहरु चुरा र टिका लगाउँछन् । के तपाईं मान्नुहुन्छ जेलमा बस्ने महिलाले अरुलाई आकषिर्त गर्नका लागि यसरी शृङ्गारपटार गरेका हुन् ?’

उनी के भन्छिन् भने, ‘यसरी आफूलाई चिटिच्याट्ट पार्नु भनेको खुसी रहने एउटा तरिका हो ।’

प्रतिभा मिश्रको सल्ला छ कि, राम्रो न नराम्रो खोज्नुको साटो आफू स्वयंको ख्याल राख्ने मान्छेबाट केही पाठ सिक्न सकिन्छ । ‘यदि कोही व्यक्ति एकदमै आकर्षक भएर आए भने मलाई त के लाग्छ भने, उसले घर, अफिस र कम्प्युटरबीच पनि आफ्नो निम्ति यति समय निकाले । यसका लागि त उनलाई तारिफ गर्नुपर्छ ।’

उनी थप्छिन्, ‘यदि म आकर्षक भएर कार्यालय जाँदा सहकर्मीहरुको ध्यान भंग हुन्छ भने त्यो उनीहरुको समस्या हो ।’

बीबीसीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment