Comments Add Comment

पर्सामा पनि मनाइयो राष्ट्रिय धान दिवस

१५ असार, वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका–१ विश्रामपुरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ ।

धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ दिवस मनाईएको कृषि ज्ञान केन्द्र पर्साका बागवानी विकास अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले बताए ।

सशस्त्र प्रहरी बल १३ नं गणले गणमा कार्यरत सवारी चालक वीरगञ्ज–१८ जगरनाथपुरका सुरेन्द्र ठाकुरको खेतमा रोपाई गरेर दिवस मनाएको हो ।

वीरगञ्ज महानगरपालिकाले वडा नं ३१ मा आयोजना गरेको रोपाई कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी सहभागी भएका थिए । नगरप्रमुख सरावगीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट ल्याइएको बताए ।

‘कृषकका समस्या समाधान गर्न महानगर गम्भीर छ । वडा नं ३१ मा चैते धान पकेट क्षेत्रको रूपमा घोषणा गर्ने लक्ष्य राखेका छौं’ नगर प्रमुख सरावगीले भने, ‘कृषकको कदम कदममा साथ दिन महानगर तयार छ ।’

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पनि धान दिवस मनाइएको गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवालले जानकारी दिए । महुवनस्थित खेतमा धान रोपेर धान दिवस मनाइएको उनले बताए ।

पटेर्वासुगौली गाँउपालिकाले पनि धान दिवस मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment