Comments Add Comment

गायक तथा संगीतकार माणिक रत्नलाई ‘अजर अमर सम्मान’

वरिष्ठ गायक एवं संगीतकार माणिक रत्न स्थापितलाई ‘अजर अमर सम्मान २०७८’ बाट सम्मानित गरिएको छ । उनलाई संगीतकार संघ नेपालले १ लाख १ सय ११ रुपैंयाँ नगदसहित उक्त सम्मानबाट सम्मानित गरेको हो ।

संघका संरक्षक शम्भुजित बास्कोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमा पुगेर सम्मान हस्तान्तरण गरेका हुन् । गायक एवं संगीतकार माणिक रत्नले लामो समयको उपचारपछि अहिले स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोना महामारीका कारण सिर्जित परिस्थिति सामान्य भएपछि विशेष सभा वा कार्यक्रममार्फत सम्मानलाई औपचारिता दिईने संगीतकार संघले जनाएको छ ।

वि.सं १९९४ सालमा काठमाडौंको मख्खन टोलमा जन्मिएका माणिकरत्नले २००७ सालमा बालगीतमा स्वर भरेर औपचारिक रुपमा गायन यात्रा सुरु गरेका थिए । उनका ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आउ जुन कोठामा राति’जस्ता दर्जनौं गीत लोकप्रिय छन् ।

वि.सं २०१३ सालदेखि माणिकरत्नले यसैवर्ष स्वर्गीय प्रेमध्वज प्रधानसँग मिलेर ‘प्रेम माणिक’ नामले थुप्रै गीतमा सहकार्य गरेका थिए । जसमध्ये माणिकरत्नको संगीत, प्रेमध्वजको स्वर रहेको ‘गोरेटो त्यो गाउँको’ लगायतका थुप्रै गीत निकै लोकप्रिय छन् । संगीतकार संघले माणिक रत्नको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment