Comments Add Comment

कुमार नगरकोटीको ‘कल्पग्रन्थ’ पाठकको हातमा

१६ असार, काठमाडौं । कुमार नगरकोटीले अग्रीम भुक्तानी लिएर बजारमा पठाएको कथासंग्रह ‘कल्पग्रन्थ’ पाठकलाई वितरण गरिएको छ ।

वैशाख महिनामा पाठकलाई उपलब्ध गराउने भनेको पुस्तक लकडाउनका कारण यही आइतबारदेखि पाठकको घरघरमा पुर्‍याउन थालिएको हो ।

लेखक नगरकोटीको हस्ताक्षर र शुभकामना-पत्रसहितको पुस्तक राजधानी र राजधानी बाहिर अर्डर गरेका पाठकसमक्ष पुर्याइएको प्रकाशक बुक–हिल पब्लिकेसनले जनाएको छ ।

लेखक नारायण वाग्लेबाट वितरण सुरु गरिएको कल्पग्रन्थ प्रि-बुकिङ गरेका ३ हजार ७ सय १३ जनालाई वितरण गरिनेछ ।

७० वटा कथा, आठ सय पेज, कार्ड-कभर बाइन्डिङ, बक्स, पोस्ट–कार्ड, बुक-मार्क तथा एउटा सिङ्गो कथाको ‘बुक-लेट’ र त्यसबाहिर ब्रान्डेड झोलासहित पुस्तक पाठकका घर घरमा पुर्‍याइएको बुकहिल पब्लिकेसनका भूपेन्द्र खड्काले अनलाइनखबरलाई बताए ।

२ हजार २१ रुपैयाँको ग्रन्थमा विभिन्न शैलीका ७० थान कथाहरू संग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment