Comments Add Comment

कोरोनासम्बन्धी त्रुटिले उत्तर कोरिया संकटमा : किम जोङ उन

१६ असार, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी त्रुटिले ठूलो संकट आएको भन्दै वरिष्ठ अधिकारीहरुको आलोचना गरेका छन् । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले बुधबार दिएको जानकारीअनुसार किम जोङले कोरोना नियन्त्रणका लागि आवश्यक मापदण्ड कार्यान्वयन गराउन नसकेको भन्दै वरिष्ठ अधिकारीहरुको आलोचना गरेका हुन् ।

सरकारी अधिकारीको कमजोरीको कारण नागरिकहरु असुरक्षित बनेको किम जोङको भनाइ छ । यद्यपि अहिले उत्तर कोरियामा देखिएको संकटको प्रकृति र मानिसहरु कसरी जोखिममा परे भन्ने विषयमा भने खुलाइएको छैन । अहिलेसम्म उत्तर कोरियाले मुलुकमा कोरोनाका कुनै पनि संक्रमित फेला नपरेको बताएको छ ।

तर अमेरिका र दक्षिण कोरियाले भने उत्तर कोरियामा कोरोनाका कुनै संक्रमित फेला नपरेको विषयमा प्रश्न उठाउँदै आएका छन् । यद्यपि उत्तर कोरियाले अन्य मुलुकसँगको सीमा बन्द गर्दै आन्तरिक भ्रमणमा पनि रोक लगाउँदै आएको छ ।

महामारीका साथै अन्तर्राष्ट्रिय प्रतिबन्धको कारण उत्तर कोरियामा खाद्यान्न संकट देखिएको छ । साथै उत्तर कोरियाको अर्थतन्त्र पनि कमजोर बन्दै गएको छ । यसअघि किम जोङले उत्तर कोरियामा खाद्य संकट देखिएको बताएका थिए । उनले सन् १९९० को दशकको भोकमरीजस्तो अवस्था आउन सक्ने बताएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment