+
+
Shares

सर्लाहीमा घर भत्किंदा तीन जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १०:२५

१७ असार, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा अबिरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् ।

मलंगवा-६ मा टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया बालिका अर्चना रहेको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
घाइतेहरूको स्थानीयस्तरमै उपचार भइरहेको छ ।

घर भत्किएपछि खाद्यान्न, लत्ताकपडामा पनि क्षति पुगेको छ भने विस्थापित परिवार आफन्तको बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?