
१७ असार, कञ्चनपुर । जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ । पुनर्वास नगरपालिका–८ का हर्कबहादुर धामीलाई घरमै लुकीछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।
कञ्चनपुर जिल्ला अदालतको २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए । पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4