Comments Add Comment

इराक युद्धको रणनीति बनाउने पूर्वअमेरिकी रक्षामन्त्रीको निधन

१७ असार, काठमाडौं । इराक युद्धका मुख्य रणनीतिकार मध्येका एक डोनाल्ड रम्सफेल्डको निधन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ८८ वर्षको उमेरमा रेम्सफेल्डको निधन भएको हो । उनको परिवारले बुधबार दिएको जानकारीअनुसार न्यु मेक्सिकोको ताओस सहरस्थित आफ्नै घरमा राम्सफेल्डको निधन भएको हो ।

उनी दुईपटक अमेरिकाको रक्षामन्त्री भएका थिए । रम्सफेल्ड अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा ९÷११ आक्रमणपछि ‘आतंकवादविरुद्धको युद्ध’का प्रमुख प्रस्तावक पनि थिए ।

इराकसँग ठूो विनाशकारी हतियार भएको दाबी गर्दै सन् २००३ मा अमेरिकी सेनाले आक्रमण गरेको थियो । यद्यपि इराकमा कुनै पनि हतियार भेटिएन । अपेक्षा गरिएअनुसारको नतिजा नआएसँगै तीन वर्षपछि राम्सफेल्डले पदबाट राजीनामा दिएका थिए ।

धेरै विशेषज्ञहरु उनलाई इराक र आसपासका क्षेत्रको समस्याको कारक मान्छन् । यद्यपि, राम्सफेल्डले भने सधैं आफ्नो कदमको बचाउ गर्दै आएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment