Comments Add Comment

भाइबरले मेसेजिङ्ग प्लेटफर्ममा एआर लेन्सहरू उपलब्ध गराउने

‘स्न्याप इनकर्पोरेट’सँग गर्यो साझेदारी

भ्वाइस कलमा आधारित सञ्चार र क्रस प्लेटफर्म मेसेजिङ्गको क्षेत्रमा विश्वव्यापी तवरमा अग्रणी रहेको राकुटेन भाइबरले ‘स्न्याप इनकर्पोरेट’सँगको साझेदारी मार्फत आफ्नो एपमा अग्मेन्टेड रियालिटी (एआर) ल्याउने भएको छ ।

स्न्यापले विकसित गरेको उपकरणहरु क्यामरा किट, क्रियटिभ किट र बिटमोजि लगायतको प्रयोग गरेर भाइबर एपले ए.आर लेन्सहरु एकीकृत गर्नेछ, स्न्यापच्याटमा सेयर गर्न समर्थ गराउनेछ र भाइबरमा अनुकूलन–योग्य बिटमोजि एभटार्स ल्याउनेछ ।

स्न्यापद्वारा पावर गरीएको भाइबर लेन्सले पहिलो पटक भाइबर प्रयोगकर्ताहरुलाई एआर प्रयोग गर्न मिल्ने भिडियो मेसेजिङ्ग र फोटोहरु प्रदान गर्नेछ । यो ३० नयाँ भाइबर लेन्सहरुमा शुरुको चरणमा animal masks, Viber characters, underwater lens, silly cat face र त्यो भन्दा धेरै समावेश छन् ।

कम्पनीले प्रत्येक महिना ५०–७० वटा गरी वर्षको अन्तिम सम्म ३०० वटा नयाँ लेन्सहरु थप्दै जाने योजना बनाएको छ र व्यवसायीहरुले भाइबरमा उनीहरुका आफ्नै विशेष लेन्सहरु रचना गर्ने अवसर प्राप्त गर्नेछन् ।

विश्व बन्यजन्तु संगठन, बार्सिलोना फुटबल क्लब र विश्व स्वस्थ्य सङ्गठन भाइबर मेसेजिङ्ग एपमा नयाँ लेन्सहरु उपलब्ध गराउने पहिलो भाइबर साझेदारहरु हुन् । अनुकूलनयोग्य लेन्सहरुले प्रयोगकर्ताहरु र भाइबर प्लेटफर्ममा उनीहरुले रुचाएका ब्राण्डहरूबिचको सम्बन्ध अझ बढाउनेछ ।

भाइबर एक कलिङ्ग र मेसेजिङ्ग एप हो, जसले मानिसहरुलाई जोड्छ र जो जहाँ भएपनि सबैलाई आफ्नो भावनाहरु रचनात्मक तवरले उजागर गर्न सहयोग गर्ने कम्पाीले जनाएको छ । भाइबरमा गरिएका व्यक्तिगत एवं ग्रुप च्याटहरु एन्ड–टु–एन्ड इन्क्रिप्टेड गराइएका हुन्छन्, यसैले उनीहरुका सञ्चारहरु सधैं अत्यन्त गोप्य र सुरक्षित हुन्छन् भन्नेमा प्रयोगकर्ताहरु ढुक्क हुन सक्ने कम्पाीले जानकारी दिएको छ ।

भाइबर लेन्सहरु एपमा हाल भइरहेको स्टिकर संग्रहहरुमा गरिएको थप सुविधा हुन्, जसले सन्देश प्रवाह गरिरहँदा प्रयोगकर्ताहरुलाई दृश्यात्मक रुपमा आफ्नो भावना प्रस्तुत गर्न सहज बनाउँछ र भाइबरद्वारा स्न्यापको क्यामरा किट, बिटमोजि र क्रिएटिभ किट संल्गन गरी मानिसहरुलाई एक आपसमा अझ नजिक ल्याउने तथा ती सम्बन्धहरुलाई झनै बढी अर्थपूर्ण एवं आनन्ददायी बनाउनलाई भाइबरको लागि अतिरिक्त माध्यमहरु भएका छन् ।

नयाँ भाइबरका विशेषताहरू
– इन्स्ट्यान्ट अगुमेन्टेड रियालिटीः इमेज ओभरले प्रयोग गरी एआरको पावर चलाउन सक्ने ।
– ध्यानाकर्षण गराउने फिल्टरहरुः तपाईंको इमेजहरुमा सिर्जनात्मक लेयर थप गरेर साथीभाइसँगको वार्तालापलाई अझ रोमाञ्चक बनाउन मिल्ने ।
ड्ड विभिन्न भाव जताउने मास्कहरुः प्रयोगकर्ताहरु चले अनुसारको विभिन्न किसिमका मास्कहरु मध्येबाट एउटा रोज्न सकिने ।
– सौन्दर्य बढाउने विशेषताः आफ्नो फोटोलाई लिप्सटिक, ब्लस, र विभिन्न कपालका रँगहरु जस्ता वास्तविक स्पर्शहरुका साथ सजाउन मिल्ने ।
– अनुकूलनयोग्य बिटमोजीः व्यक्तिगत बिटमोजि कलाहरुलाई फोटोहरु तथा भिडियोहरुमा एकीकृत गर्न मिल्ने ।

प्रायोजित एवं ब्राण्डेड लेन्सहरु प्रदान गर्ने क्षमताको कारण व्यवसायिक साझेदारहरु उनीहरुका कम्यूनिटिहरुका लागि प्लेटफर्ममा परमपरागत लेन्सहरु सिर्जना गर्न सक्षम हुने भएकोले भाइबरलाई थप आय आर्जनमा बल पुग्ने कम्पनीले जनाएको छ । ।

“स्न्याप र राकुटेन भाइबरबीचको साझेदारी हामी दुवै पक्षका लागि नै जितको अवस्था हो” स्न्याप इनकर्पोरेटका क्यामरा प्लेटफर्म पार्टनरसिपका निर्देशक एलियोट सोलोमनले भने – “यो साझेदारीले हामीलाई भाइबरले जहाँ आफ्नो स्थान जमाइसकेको छ त्यस क्षेत्रमा हाम्रो अग्मेन्टेड रियालिटि (एआर) प्रविधि विस्तार गर्ने कार्यमा टेवा पुग्नेछ र भाइबर प्रयोगकर्ताहरुलाई भाइबर प्लेटफर्ममा एआर मार्फत् उनीहरु आफैलाई व्यक्त गर्न सहयोग हुनेछ ।”

“हामी भाइबर प्रयोगकर्ताहरुमाझ स्न्याप क्यामरा पेश गर्न पाउँदा अत्यन्त उत्साहित छौं ” राकुटेन भाइबरका सिइओ जमेंल अगाउवाले भने , “यो साझेदारी मार्फत् हामी हाम्रा प्रयोगकर्ताहरुको सिर्जनशीलतालाई एआरको साथमा सशक्त बनाउन चाहन्छौं र हामीले मानिसहरुलाई उनीहरुका साथीभाइहरु र परिवारका सदस्यहरुसँग सम्पर्कमा राखी राख्नका लागि नयाँ मज्जा मस्तीले भरिएका उपायहरुद्वारा उत्प्रेरित गर्न अग्रसर छौं । यसले मानिसहरुलाई एक अर्कासँग सम्पर्कमा बनाई मात्र राख्दैन, यो एउटा रमाइलो गर्ने एप पनि हो जहाँ प्रयोगकर्ताहरुले उनीहरुका कम्यूनिटिहरुसँग मनोरन्जन, उत्साह र पुरस्कारका कुराहरु समेत सिर्जना गरेर सेयर गर्न सक्छन् ।”

यी नयाँ विशेषताहरु सहित एपको आइओएस संस्करण, साथसाथै एण्ड्रोइड बेटा संस्करण यही जुन ३० तारिखदेखि अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, क्यानाडा, डेनमार्क, बेलायत, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीनल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, जापान, लिकस्टेन, लक्जेमबर्ग, माल्दिभ्स, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, र संयुक्त राज्य अमेरिका लगायतका राष्ट्रहरुमा उपलब्ध हुनेछ ।

भाइबरले अगष्ट महिनाको अन्त्यसम्ममा सबै एण्ड्रोइड प्रयोगकर्ताहरू र नेपाल सहित सबै प्रमुख ३० भाइबर क्षेत्रहरुमा क्रमशः यी विशेषताहरुयुक्त सेवा प्रदान गरिसक्ने लक्ष्य लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment