+
+
Shares

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १०:१२
कलैया २७ बर्वाटोलमा रहेको हात्ती

१८ असार, वीरगञ्ज । बारामा जंगली हात्तीको आक्रमणबाट एकजना किसानको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेलको मृत्युु भएको हो ।

खेतमा काम गरिरहेका पटेललाई बिहान पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । गम्भीर अवस्थामा उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमै पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

जंगल क्षेत्रबाट करिब १५/१६ किलोमिटर टाढा सदरमुकाम कलैया आएर हात्तीले मानिसलाई आक्रमण गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट नै हात्ती आएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । पसाहा खोलातिर पसेको हात्ती नियन्त्रणको लागि निकुञ्जबाट प्राविधिक टोली बोलाइएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?