+
+

घिमिरेद्वारा एनआरएन जापानको उपाध्यक्षमा उम्मेदवारी घोषणा

सन्देश पोखरेल सन्देश पोखरेल
२०७८ असार १८ गते १३:२३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेवारी घोषणा गर्ने क्रम सुरु भएको छ । यसै क्रममा वर्तमान कार्यसमितिका सचिव बिष्णुप्रसाद घिमिरेले उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

घिमिरेले उम्मेदवारी घोषणा गर्दै जापानवासी नेपालीको सुख-दु:खमा अभिभावक भएर साथ दिन सके एनआरएनएको साख बढ्ने भन्दै आफूले त्यसैलाई प्राथमिकता दिने बताएका छन् ।

सन् २०११ मा नागोया क्षेत्रीय समिति उपसंयोजक हुँदै एनआरएनए अभियानमा जोडिएका घिमिरे अन्य विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक अभियानमा सक्रिए छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको नेतृत्व गरिसकेका घिमिरेको फुटकर कविता संग्रह ‘एक्लो विजेता’ प्रकाशित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?