+
+

लुम्बिनीकी राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १८:०२

१८ असार, काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) काे प्रदेशसभा सदस्य समेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।

उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?