Comments Add Comment

टोनी क्रुसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

१९ असार, काठमाडौं । जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जर्मनी युरोकपको क्वार्टरफाइनलबाटै बाहिरिएको केही दिनपछि उनले सन्यासको घोषणा गरेका हुन् ।

सन् २०१० मा अर्जेन्टिनाविरुद्ध खेल्दै सिनियर टिमबाट डेब्यू गरेका उनले जर्मनीका ११ वर्ष खेले । जर्मनीका लागि १०९ खेल खेल्ने चाहना भएपनि उनले १०६ खेल मात्र खेले ।

उनको चाहना जर्मनीलाई युरोकप च्याम्पियन बनाउँदै सन्यास लिने थियो तर अर्को एउटा उपाधि थप्ने चाहना पूरा हुन सकेन ।

युरोकप २०२० को प्रिक्वाटरफाइनलमा इंग्ल्याण्डसँग २-० ले पराजित हुँदै जर्मनी बाहिरिएको हो ।

जर्मनीका लागि १०६ खेल खेलेका क्रुस सन् २०१४ मा विश्वकप फुटबलको उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।

‘मैले जर्मनीका लागि १०६ पटक खेलेँ । अब अर्को पटक खेल्ने छैन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘मैले यो प्रतियोगितापछि सन्यास लिने पहिल्यै निर्णय लिएको थिएँ । मेरो लागि यो स्पष्ट छ, म कतार विश्वकपमा उपलब्ध हुने छैन ।’

क्रुसले स्पानिस क्लब रियल मड्रिडमा अझै केही वर्ष केन्द्रित हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment