Comments Add Comment

एनआरटीमा दुई विदेशी खेलाडी अनुबन्ध

१९ असार, काठमाडौं । आगामी असोज ३ गते शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम एनआरटीले दुई अफ्रिकन खेलाडीलाई अनुबन्ध गरेको छ ।

एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै क्यामरुनका मेसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरेको जनाएको छ ।

मिडफिल्डर मेसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए । काठमाडौंलाई उपाधि दिलाउन दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मेसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । प्रतियोगिताका ९ खेलमा एक ह्याट्रिकसहित ८ गोल गरेका मेसुके एनएसएलका उत्कृष्ट मिडफिल्डर समेत चुनिएका थिए ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने कोटा अन्तर्गत दुई खेलाडीसँग सम्झौता गरिएको जनाएको छ । अन्य खेलाडी अनुबन्धको प्रक्रिया अघि बढिसकेको समेत क्लबले जनाएको छ ।

मेसुके र स्टेफनले एनआरटीमा अनुबन्ध हुँदा खुशी लागेको बताए । साथै जित्नका लागि खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment