Comments Add Comment

मनाङका सरकारी कार्यालयमा सोलार जडान सुरु

२० असार, पोखरा । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकाम चामेका सरकारी कार्यालयमा सोलार जडानको काम सुरु भएको छ ।

मनाङका १६ वटा सरकारी कार्यालयका लागि हेलिकप्टरमार्फत् शनिबार चामे पुर्याइएका सौर्य ऊर्जाका सामग्रीहरु आइतबारबाट जडान सुरु भएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिइ हरिदत्त पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले प्रत्येक कार्यालयका लागि १ सय ५० वाटका २ वटा सोलार प्यानल, २ वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर मनाङ पठाउने निर्णय गरेको थियो ।

४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका सरकारी कार्यालयमा विद्युत सुविधा विच्छेद भएको छ । जसका कारण सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह अवरुद्ध भएपछि प्रदेश सरकारले सोलार उपलब्ध गराएको हो ।

बाढी पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बलेको छैन । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘संवेदनाहीन मेयर’

Advertisment