Comments Add Comment

रिमोट वर्किङमा लोभिँदै अमेरिकी प्रविधि कम्पनीहरु

अमेरिकाको सिएटलस्थित आफ्ना ६० हजार कर्मचारीहरु मध्ये अधिकांश कर्मचारीहरु कार्यालयमै उपस्थित भएर काम सुरु गर्ने भनी जब गत मार्च महीनामा अमेजन कम्पनीले घोषणा गर्यो तब कम्पनीका धेरै कर्मचारीहरुमा आक्रोस देखियो ।

कम्पनीको यस्तो घोषणापछि कतिपय कर्मचारीहरुले त जागिर नै छाड्ने धम्की दिए । एकजना कर्मचारीले महामारीपछिको नियमले आफ्नो दैनिक कामकागजको तरिकालाई प्रभावित गर्ने बताए ।

नजिकैको रेडमन्डमा आफ्नो कार्यालय रहेको माइक्रोसफ्ट कम्पनीले चाहिँ आफ्ना कर्मचारीहरुले घरबाटै काम गर्ने, कार्यालयमै आएर काम गर्ने वा हाइब्रिड विधिबाट काम गर्ने विकल्प छनोट गर्नसक्ने व्यवस्था गर्‍यो ।

विश्लेषकका अनुसार कोभिड १९ महामारीले माइक्रोसफ्ट अधिक प्रबुद्ध कम्पनी रहेको तर अमेजन पुरानो ढर्रामा चल्ने कम्पनी रहेको धारणालाई बल पुर्‍याएको छ । यद्यपि कम्पनीहरु असल कर्मचारीलाई टिकाइराख्नका लागि प्रतिस्पर्धा गर्दछन् । यस्तोमा कार्यालय बाहिरै रहेर काम गर्ने अर्थात् रिमोट वर्किंग अनि हाइब्रिड वर्किंगको माग तीव्र रुपमा बढिरहेको छ । जागिरमा प्राप्त हुने प्याकेज अहिले छलफलको अभिन्न अंग बनिसकेको छ ।

सिएटलस्थित प्रविधि क्षेत्रमा जनशक्ति भर्ना गर्ने कम्पनी ट्यालेन्ट माइनका सहसस्थापक क्रिस ब्लुमक्विस्टका अनुसार रोजगार बजार सधैंका लागि परिवर्तन भएको छ ।
वर्षौँअघि यस्तो भनिन्थ्यो कि रिमोट वर्किंग चाहने मानिसहरुको संख्या सीमित छ । तर अहिले यस्ता कामकाजी मानिसको संख्या ७० प्रतिशत रहेको क्रिस बताउँछन् । कतिपयले त हाल कार्यालय बाहिरै बसेर काम गर्न चाहने कर्मचारीहरुको संख्या शतप्रतिशत रहेको मान्दछन् ।

केही हप्ताअघि अमेजनले आफ्नो नियम स्पष्ट गरेको थियो । जसमा माइक्रोसप्ट लगायतसँगको व्यापार प्रतिस्पर्धाको दबाब प्रष्ट देखिएको थियो । अमेजनले अब हप्तामा २ दिनका लागि कर्मचारीलाई रिमोट वर्कको अनुमति दिन सहमत भएको छ ।

अमेजनका एक सफ्टवेयर इन्जिनियर भन्छन्- मलाई लाग्दछ कि कार्यालयमा मेरो उत्पादकत्व कम हुँदैछ र घरमा बढ्दैछ । किनकी दिउसोको निद्राबाट मैले पुनः ऊर्जावान महसुस गर्दछु ।

माइक्रोसफ्टका अनुसार आगामी सेप्टेम्बरबाट कार्यालय पूर्ण रुपमा खुलेसँगै कर्मचारीहरुले आधा समय घरबाट काम गर्न सक्नेछन् । अतिरिक्त समयको समायोजन चाहिँ म्यानेजरसँग मिलेर गर्न सकिनेछ ।

अमेजनमा पनि यस्तै छ, तर एउटा ठूलो फरक छ । माइक्रोसफ्टमा कुन दिन घरबाट काम गर्ने भन्ने कुरा कर्मचारी स्वयंले छनोट गर्न सक्दछन् भने अमेजनमा व्यवस्थापनले निर्णय गरिदिन्छ । यी कम्पनीहरुमा कार्य विकल्प सीमित केही कर्मचारीहरुका लागि मात्र उपलब्ध छ, जस्तै सफ्टवेयर इन्जिनियर, सफ्टवेयर आर्किटेक्ट, डाटा साइन्टिस्ट, आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बनिधत कर्मचारी, सेल्स तथा कस्मटर सर्भिस सँग जोडिएका कर्मचारी ।

ती कर्मचारीहरुले कोभिड १९ भन्दा अगाडि पनि रिमोट वर्किंग गर्दथे । जबकि हार्डवेयर इन्जिनियर, फ्रन्टलाइन वर्कर तथा रिसेप्सनिस्टहरु चाहिँ सधै कार्यक्षेत्रमै आएर काम गर्दथे ।

अमेजनको कार्यालय भवनलाई देखेर नै यो बुझ्न सकिन्छ कि कम्पनी कार्यालयमै कर्मचारीलाई उपस्थित गराएर काम गराउने पक्षमा छ । अमेजनले रियल स्टेटमा पनि ठूलो लगानी गरेको छ ।

माइक्रोसफ्टका अनुसार ३१ देशका ३० हजार मानिसहरुमध्ये ७३ प्रतिशत कर्मचारीहरु लचिलो कार्यसमय तथा रिमोट वर्किंगको पक्षधर छन् ।

विरोधाभाष यो पनि छ कि ६७ प्रतिशत मानिसहरु अधिक व्यक्तिगत समय पनि चाहन्छन् ।

यस्तोमा प्रतिभाशाली जनशक्ति चाहने कम्पनीहरुले आफ्ना कर्मचारीलाई मिश्रति कार्यप्रणाली अफर गर्नुपर्नेछ ।

माइक्रोसफ्ट र अमेजनबीचको प्रतिस्पर्धा पूरानो हो । कार्यस्थलको दृष्टिबाट दुवै कम्पनीहरु स्वयंमा अग्रणी मानिन्छन् । पछिल्लो १६ महिनामा जुन सामाजिक परिवर्तन भएको छ त्यो कुनै पनि कम्पनी वा कर्मचारीहरुको समूहभन्दा धेरै ठूलो रहेको प्रष्ट छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘संवेदनाहीन मेयर’

Advertisment