
२० असार, भक्तपुर । भक्तपुरमा भर्याङबाट लडेर एकजना मजदूर महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली दुधौली घर भएका लीला सदा रहेकी छिन् ।
लीलाले शनिबार बेलुकाको खाना खाएर सुत्न जाँदा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्याङबाट लडेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4