Comments Add Comment

भलिबल प्रशिक्षणबाट बाहिरिएका नौ खेलाडीलाई जनही ५ हजार

प्रारम्भिक चरणमा प्रशिक्षणमा रहेका खेलाडीहरु

२० असार, काठमाडौं । नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणबाट पहिलो चरणमा बाहिरिएका नौ खेलाडीलाई नगद रकमसहित बिदाइ गरेको छ ।

संघको शनिबार बसेको कार्यसम्पादन समितिले प्रशिक्षणबाट बाहिरिएका ९ खेलाडीलाई नगद ५ हजार रुपैयाँको दरले दिने निर्यय गरेको संघका उपाध्यक्ष निरोज मास्केले बताइन् । ‘यो नयाँ शुरुवात हो । कम्तीमा बाहिरिने खेलाडीलाई पनि नराम्रो नलागोस् भनेर ५ हजार दिने निर्णय गरेका हौं,’ उनले भनिन् ।

प्रशिक्षणमा रहेका २७ खेलाडीबाट शनिबारै संघले छनोट समितिको सिफारिसमा १८ खेलाडीलाई अर्को चरणमा छनोट गरेको छ । यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका कमला पुन र हीरा केसीसहित ९ खेलाडी भने पहिलो चरणबाटै बाहिरिएका हुन् ।

उपत्यका बाहिरका खेलाडीलाई यातायात खर्च समेत दिएको मास्केले बताइन् । सरस्वती कट्टेललाई ४ र रिया कुँवरलाई २ हजार यातायात खर्च दिइएको छ । प्रशिक्षणबाट कमला र हीरासहित सरस्वती कट्टेल, रिया कुँवर, पूजा चौधरी, संगम महतो, झरना श्रेष्ठ, बालमिका आचार्य र सृष्टि खड्काले ५÷५ हजार पाउनेछन् ।

आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपका लागि अब प्रशिक्षणमा १८ खेलाडी हुनेछन् । जसमा यसअघि राष्ट्रिय टिममा खेलेका १३ खेलाडी र नयाँ ५ जना छन् ।

अब यसबाट १४ सदस्यीय अन्तिम टोली छनोट गरिने संघका उपाध्यक्ष मास्केले बताइन् । यस्तै संघको कार्यसम्पादन समितिको बैठकले संघकै केन्द्रिय सदस्य ज्योति केसीलाई टिम म्यानेजरको रुपमा नियुक्त गरेको छ ।

पहिलो चरणबाट छनोट भएका १८ खेलाडी

ओपन स्पाइकर : प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना

ब्लकर : सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, उषा विष्ट, कविता भट्ट

ब्याक : रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर

लिफ्टर : अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी

लिबरो : सलिना श्रेष्ठ, सरस्वती जैसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment