+
+

प्राकृतिक प्रकोपले क्षति पुगेका विद्यालयको विवरण असार २५ भित्र पठाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १८:२८

२० असार, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण असार २५ गतेभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

केन्द्रले बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङ लगायत प्राकृतिक प्रकोपबाट विद्यालयमा भएको क्षतिको विवरण स्थानीय तहसँगको समन्वयमा पठाउन शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्देशन दिएको हो ।

क्षतिको विवरण तयार गरी इलेक्ट्रोनिक कपी २५ गतेभित्र केन्द्रको इमेल ठेगानामा र हार्ड कपी असार मसान्तभित्र केन्द्रको योजना तथा अनुगमन शाखामा आइपुग्ने गरी पठाउनुपर्ने केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?