																			२० असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताएका छन् ।
आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने अपेक्षा गर्नुपर्ने बताएका हुन् ।
उनले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा रहेको बताए । ‘न्यायको फैसला गरिदै गर्दा संविधानको चिसा अक्षरहरुलाई मात्रै होइन । त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ । त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका न्यायमूर्तिहरुको छ’ उनले भने ।

प्रवक्ता शर्माले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताए । उनले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याए । उनले भने, ‘लोकतन्त्रका लागि लोकतान्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्छ । विद्यार्थीहरु बेरोजगारको पीडालाई सम्बोधन गर्ने भनेर जाँदै गर्दा उनीहरु भित्र समानताको समाजका लागि सामाजिक रुपान्तरणको मुद्दा विद्यार्थी आन्दोलनको मुद्दा बन्नुपर्छ ।’
नेकपा(माओवादी केन्द्र)का नेता हिमाल शर्माले संसद विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाए । नेपालको संविधान मन नपरेको शक्तिलाई संविधान च्यात्नुपर्ने र त्यसको गोटीको रुपमा प्रधामन्त्री ओली प्रयोग भएको उनको जिकिर छ ।
 उनले यस प्रकारको प्रवृत्तिसँगको लडाइँलाई अझै पेचिलो बनाउनुपर्ने बताए । उनले भने, ‘यो शक्तिको गोटीमा केपी ओली आफ्नो नेतृत्व भएर आगाडी आउनुभएको छ, एउटा मतियारको रुपमा अगाडी आउनु भएको छ । त्यो प्रवृतिको विरुद्धको लडाइँ हो भनेर हामीले बुझ्नु पर्दछ । कुनै व्यक्तिका विरुद्ध होइन यो । प्रवृत्तिको विरुद्ध हो । यो प्रवृतिको विरुद्ध लड्नु छ । तपाईहरुले यो लडाइँलाई अझ पेचिलो बनाउँदै लिएर जानुपर्छ ।’

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि विचार गरिनुपर्ने बताइन् । अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारापात भएको उनले बताइन् ।
 राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्न नसकेको उनले टिप्पणी गरिन् । उनले भनिन्, ‘०७२ सालमा हामीले अर्को राष्ट्रपति बनायौँ । हामीले जुन व्यक्तिलाई प्रस्ताव गर्दै हुनुहुन्छ, यी व्यक्तिलाई राष्ट्रपति बनाउनुहुँदैन । जसले गणतन्त्रको, लोकतन्त्रको गरिमा र मर्यादालाई राख्नै सक्दैन । कायम गर्नै सक्दैन भनेर हामीले त्यही बेला आन्तरिक हिसाबले भनेका थियौँ । तर त्यो कुरा मानिएन ।’

                                                .png) 
                                                 
                                                .png) 
                                                 
प्रतिक्रिया 4