
२१ असार, काठमाडौं । तालिबानले आगामी सेप्टेम्बरसम्ममा सबै विदेशी सेना फिर्ता जानुपर्ने बताएको छ । उक्त समयपछि पनि अफगानिस्तानमा बाँकी रहने सेनालाई ‘कब्जा गर्ने’ सेनाको रुपमा मानिने तालिबानले बताएको छ ।
यसअघि दूतावास र विमानस्थलको सुरक्षाको लागि एक हजार अमेरिकी सेना सेप्टेम्बरपछि पनि अफगानिस्तानमा रहने समाचार आएको थियो ।
अफगानिस्तानमा २० वर्ष लामो नेटो संगठनको अभियान सकिने क्रममा छ । यद्यपि अफगानिस्तानमा हिंसा जारी छ र अन्य जिल्लाहरुमा समेत तालिबानको कब्जा बढ्दै गएको छ । अफगानी सेनाले मात्रै अब मुलुकको रक्षा गर्नुपर्ने अवस्था आएसँगै मुलुकको भविष्यलाई लिएर चिन्ता बढेको छ ।
तालिबानका प्रवक्ता सुहेल शाहिनले सेनालाई कब्जा गर्नु तालिबानको नीति नभएको बताएका छन् । यद्यपि उनीहरुको साथमा विदेशी सेना छन् भने त्यस्तोमा कसरी अघि बढ्ने भन्ने तय आफ्ना नेताहरुले गर्ने उनले बताए । मुलुकका नेता, गैर सरकारी संस्था र अन्य विदेशी नागरिकलाई तालिबानले निशाना नबनाउने उनको भनाइ छ ।
बीबीसीबाट
प्रतिक्रिया 4