+
+

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा सदस्यले देखाए कालो क्याप

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १५:३६

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी सोमबार राष्ट्रियसभामा बेग्लै गेटअपमा देखिए । उनले कालो सर्ट, कालै कोट र कालो क्याप लगाएका थिए । अरु बेला प्रायः ढाका टोपी लगाउँथे ।

उनी त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेका विरोधमा यो गेटअफमा आएका रहेछन् ।

राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभा विघटन गरेपछि लाखौं मानिस कालो झण्डा बोकेर सडकमा आउनुपर्ने भएपनि कोरोनाका कारण सम्भव नभएको बताए ।

सांसद रायमाझीले भने, ‘सदनमा कालो झण्डा देखाउने अवस्था नभएका कारण विरोधको स्वरुप हो यो … ।’

त्यसपछि उनले आफ्नो शिरमा भएको कालो क्याप हातमा लिए र कालो झण्डा झैं हल्लाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?