+
+

अमेरिकामा खुलेकी सुहाना

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते ९:४८

नायिका सुहाना थापा अमेरिकामा छिन् । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकेपछि उनी आमा झरना थापा र पिता सुनिल कुमार थापासँगै अमेरिका पुगेकी हुन् । उसो त, सुहाना लामो समयदेखि अमेरिकामा नै अध्ययन गरिरहेकी छिन् । नेपालमा कोभिडको दोश्रो लहर बढेपछि थापा परिवार अमेरिका हानिएको थियो ।

चलचित्र ‘ए मेरो हजुर ४’ यो बर्षको भदौ १८ गतेबाट रिलिज गर्ने योजना निर्माणपक्षले बनाएपनि अब यो संभव छैन । किनकी, कोभिडको दोश्रो लहरका कारण बन्द भएका हलहरु कहिलेबाट सुचारु हुन्छन् टुंगो छैन । उनै, सुहानाले सामाजिक संजालमा अमेरिकामा घुमफिरका तस्वीर पोष्ट गरेकी छिन् । तस्वीरमा सुहाना निकै खुलेको देख्न सकिन्छ ।

नायिका झरना थापाले छोरीसँग घुमफिर भन्दै पोष्ट गरेको तस्वीरमा सुहानाले विभिन्न पोजमा तस्वीर खिचाएकी छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’बाट नै चर्चामा आएकी सुहाना दोश्रो चलचित्र रिलिजको प्रतिक्षामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?