+
+
Shares

सडकमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १४:५४
फाइल तस्वीर

२२ असार, डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी आगजनी भएको छ ।

मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमवार राती करीव १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । डोजर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रविन्द्र चन्दका अनुसार डोजर चालक भरतबहादुर बमले डोजर आगजनी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय बिपिनगरका प्रहरी निरीक्षक मोहन साउँद नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

डोजर कसले र किन जलाएको हो केही पत्ता नलागेको र अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?