
२२ असार, काठमाडौं। दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले चिनियाँ गिरोहलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा चीनको युनान प्रान्त घर भइ काठमाडौं महानगरपालिका -३ बालुवाटर बस्दै आएका ३१ वर्षीय झाओ पेनुचेङ, चीनको हुबेइ प्रान्त घर भइ काठमाडौं महानगरपालिका -१७ ठैटी बस्दै आएका ३४ वर्षीय मा जिङबिन, चीनको हेनान प्रान्त घर भइ काठमाडौं महानगरपालिका-१७ ठैटी बस्दै आएका ३१ वर्षीय निउ युलियाङ र चीनको जुवाङदोञ्ज प्रान्त घर भइ काठमाडौं महानगरपालिका १७ ठैटी बस्दै आएका २८ वर्षीय पेङ्ग हुइ रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले दुर्लभ वन्यजन्तुको छाला ,कस्तुरीको बिना, बुद्वचित्र, रुद्वाक्ष,बाघको दात र फलामको धारिलो खुकुरी ,तरबार लगाएत बरामद गरेको एसपी बस्नेतले बताए ।
पक्राउ परेका उनीहरुमाथि लैनचौर प्रहरी वृतले थप अनुसन्धान गरिरहेको एसपी बस्नेतले बताए ।
प्रतिक्रिया 4