+
+
Shares

सवारी ज्यान मुद्दामा दोषी ठहर भई ३९ वर्षदेखि फरार व्यक्ति पक्राउ

स्याङ्जामा दुई साताभित्र २० जना फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १७:५३

२२ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्यान मुद्दामा दोषी ठहर भई सजाय तोकिई ३९ वर्षदेखि फरार रहेका व्यक्तिदेखि बालिका बलात्कार मुद्दाका समेत छन् ।

२०३९ सालदेखि सवारी ज्यान मुद्दामा फरार रहेका स्याङ्जाको पुतलीबजार नगरपालिका–६ का ६५ वर्षीय मोतीप्रसाद गुरुङ, २०७० सालमा नाबालिका बलात्कार मुद्दामा ५ वर्ष कैद सजाय तोकिई फरार रहेका स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ का ७१ वर्षीय मनबहादुर रोका लगायत विभिन्न मुद्दामा संलग्न भई फरार रहेका २० प्रतिवादीलाई प्रहरीले दुई साताको अवधिमा स्याङ्जाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

अदालतको आदेशबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी विभिन्न मुद्दा जबर्जस्ती करणी, लागूऔषध, वैदेशिक रोजगार, सवारी ज्यान, नाता कायम, करकाप तथा गाली बेइज्जती लगायत मुद्दामा फैसला भई लुकछिपी बसेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?