+
+

डिजिटल मार्केटिङमा जोड दिन बोर्डलाई व्यवसायीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १८:०९

२२ असार, काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन पुनरुत्थान गर्न डिजिटल मार्केटिङमा जोड दिन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । उनीहरुले कोभिड १९ का कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेकोले भविश्यको तयारीका लागि डिजिटल मार्केटिङमा जोड दिन बोर्डलाई आग्रह गरेका हुन् ।

आव २०७८/७९ को बजेटका सन्दर्भमा बोर्डले सोमबार आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रममा व्यवसायीले बाहृय क्षेत्रमा नेपालको पर्यटकीय गतिविधिबारे जानकारी गराइराख्नु पर्ने बताए । उनीहरुले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न र विस्तारै पर्यटनलाई चलायमान बनाउदै लैजानु पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा नेपाल वायुसेवा निगमका निर्देशक जनक रुपाखेतिले डिजिटल मार्केटिङसँगसँगै अन्तर्राष्ट्रिय कनेक्टिभिटिमा जोड दिन आवश्यक रहेको बताए । टर्किस एयरलायन्सका नेपाल कार्यालयका जनरल म्यानेजर अबदुल्ला टंसरले छिटो छिटो हुने स्वास्थ्य मापदण्डको फेरबदल र सिमित उडानले यतिबेला कम पर्यटक आएको बताउँदै अन्तर्राष्ट्रिय समुदायमा नेपाल खुला छ भन्ने सन्देस दिने गरी आगामी कार्यक्रम आउनु पर्ने बताए ।

एभिया क्लव नेपालका सञ्चालक नताशा श्रेष्ठले अहिले पनि बाहृय पर्यटक नेपाल आउन चाहेपनि महँगो भाडादर र आएपछिका मापदण्डका कारण पर्यटक आउन नसककेको बताइन् । सेभेन समिटका सञ्चालक मिङ्मा शेर्पाले लकडाउन केही खुकुलो हुँदा पर्वतीय पर्यटनमा केही आशा जागेपनि पछिल्लो लकडाउनले समस्या पारेको बताए । उनले दुवै डोज खोप लगाएर आएका तथा पिसिआर गरेर आएका पर्यटकहरुलाई सहज हुने गरी कार्यक्रम ल्याउनु पर्ने धारणा राखे ।

अन्तरक्रियामा बोर्डका उपाध्यक्ष तथा स्रोत व्यवस्थापन एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद रिजालले यो वर्ष डिजिटल मार्केटिङ र आन्तरिक पर्यटन नै बोर्डको प्राथमिकतामा रहेको बताए ।

उनले व्यवसायीका सुझाव समेटेर बोर्डले नीतिगत सुधारको लागि पहल गर्ने बताए । कार्यक्रममा पर्यटन बोर्डका पम्फा पौडेल धमलाले सिमित स्रोत साधनबाट अधिकतम र प्रभावकारी ढंगले काम गर्ने गरी बोर्डले तयारी गरिरहेको र सरोकारवाला निकायहरुसँग समन्वय गरिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?