Comments Add Comment

कैलालीमा रेड पाण्डाको छालासहित दुईजना पक्राउ

२२ असार, धनगढी । कैलालीमा प्रहरीले रेड पाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्ट र संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनरबाट खटिएको टोलीले रेड पाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहागरपालिका–४ बोराडाडीस्थित पण्डित वर्कशपका सञ्चालक भारतको लखिमपुरका ४१ वर्षीय गगनदेव पण्डित र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का ३८ वर्षीय मुकेश भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

दुलर्भ रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई वर्कशपबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment