+
+
Shares

अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १२:१२

२३ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो ।

न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको भन्दै कठिन निर्णय लिनुपरेको बताएको छ । गत जुन २६ मा सिड्नीमा पहिलोपटक लकडाउन गरिएको थियो ।

लकडाउनपछि पनि केही मानिसहरुमा कोरोनाको संक्रमण देखिएको थियो । यसपटक सिड्नीमा कोरोनाको संक्रमण फैलिँदा अहिलेसम्म करिब ३३० संक्रमित फेला परेका छन् । अहिले थप गरिएको लकडाउन ग्रेटर सिड्नीका ५० लाखभन्दा धेरै मानिसहरुलाई लागू हुनेछ । यसअघिको लकडाउन शुक्रबार सकिँदै थियो ।

यससँगै अब सिड्नीको लकडाउन जुलाई १६ सम्मका लागि लम्बिएको छ । न्यु साउथ वेल्सका अधिकारीहरुका अनुसार बुधबार कोरोनाका २७ नयाँ संक्रमित फेला परेका छन् । अधिकारीहरुले मुलुकमा निकै कम मानिसले मात्र कोरोना खोप लगाएकाले कोरोना नियन्त्रणको लागि प्रतिबन्ध लगाउनुको विकल्प नभएको बताएका छन् ।

अहिलेसम्म अष्ट्रेलियामा करिब १० प्रतिशत जनसंख्याले कोरोनाको पूरा डोज खोप लिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?