Comments Add Comment

नेदरल्याण्ड्समा पत्रकारमाथि गोली प्रहार

२३ असार, काठमाडौं । नेदरल्याण्ड्सका चर्चित क्राइम रिपोर्टर पिटर आर डे भ्रिसमाथि गोली प्रहार भएको छ । प्रहरीका अनुसार मंगलबार राजधानी आम्स्टर्डमको सडकमा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेका उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार डेभ्रिसमाथि पाँचपटक गोली प्रहार गरिएको थियो । डेभ्रिस टेलिभिजन स्टुडियोबाट बाहिरिएको केही समयमा नै उनीमाथि गोली प्रहार भएको समाचारमा उल्लेख छ ।

डेभ्रिसले गरेको यसअघि विभिन्न मुद्दामा गरेको खोज रिपोर्टिङको विषयलाई लिएर उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment