+
+

पर्सामा ८ हजार ६ सय जनालाई भेरोसेलको दोस्रो मात्रा लगाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १७:४७
फाइल तस्वीर

२३ असार, वीरगञ्ज । पर्सामा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा बिहीबार र शुक्रबार लगाइने भएको छ । पहिलो मात्रा लगाएका ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।

पर्सामा ८ हजार ६ सय ९३ जनालाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले जानकारी दिए । पर्सामा ६० देखि ६५ वर्ष उमेर समूहका १२ हजार ४ सय जना छन् । तर ८ हजार ६ सय ९३ जनाले मात्रै पहिलो मात्रा खोप लगाएकाले उनीहरुलाई दोस्रो मात्रा लगाउन लागिएको छ ।

स्वास्थ्य कार्यालयले खोप कार्ड लिएर आफ्नो वडाभित्रको वा नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन सकिने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?