Comments Add Comment

निषेधाज्ञा खुकुलोसँगै चितवनमा बढ्यो कोरोना संक्रमण

२३ असार, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा खुकुलो बनाएसँगै जिल्लामा कोरोना संक्रमण बढ्न थालेको छ ।

असार लागेपछि सक्रिय संक्रमितको संख्या असार १३ गते एक हजार १४ मा झरेको चितवनमा बुधबारसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या २८७ ले वृद्धि भएर एक हजार ३०१ पुगेको छ ।

चितवनमा पछिल्लो २४ घण्टामा १३५ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । ६२६ जनाको कोरोना परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रशासनले निषेधाज्ञालाई केही खुकुलो बनाएसँगै मानिसहरुको भिडभाड बढ्न थालेको छ । अघिल्लो साता नीजि सवारी साधान सञ्चालनमा जोर विजोर लागु गरेको प्रशासनले विहिवारदेखि सार्वजनिक सवारी साधानसमेत जोर विजोर लागू गरेर सञ्चालन गर्न दिने भएसँगै कोरोनाको दर अझै बढ्न सक्ने देखिएको छ ।

चितवनमा गत जेठमा संक्रिय संक्रमितको संख्या निकै बढी थियो । जेठको दोस्रो साता सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय १३ पुगेको थियो । असार पहिलो हप्ताबाट घट्दै गएको संक्रमितको संख्या असार तेस्रो साता आईपुग्दा पुनः बढ्न थालेको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार असार ५ गते यस वर्षको कम २.१० प्रतिशत संक्रमित रहेकोमा असार १९ गते र २० गते २७.२४ प्रतिशत
प्रतिशत रहेको छ । आज बुधवार संक्रमणको दर २१. ५६ प्रतिशत छ ।

जिल्लाका अस्पतालहरुमा २३० जना संक्रमितको उपचार भईरहेको छ । ती मध्ये ७६ जना सघन उपचार कक्षमा, १७ जना भेन्टिलेटरमा, ४४ जना एचडियुमा र ११० जना सामान्य शैयामा उपचाररत छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ् मेडिकल साइन्सेस् भरतपुर, क्यान्सर अस्पताल भरतपुरमा कोराना संक्रमित बिरामीहरुको उपचार हुँदै आएको छ ।

जिल्लामा हालसम्म २८८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कूल संक्रमितको संख्या १६ हजार ९९८ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमित बढ्दै जाने बताए ।

उनले जनताको सहजताका लागि निषेधाज्ञा खुकुलो बनाइएको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड सबैले अपनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment