+
+

एनआरएनए जापानको अध्यक्षमा नरेन्द्रकुमार बस्नेतको उम्मेदवारी घोषणा

सन्देश पोखरेल सन्देश पोखरेल
२०७८ असार २४ गते १२:०६

२४ असार, काठमाडौं । ओशोकामा रहेका नरेन्द्रकुमार बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

ओशाका क्षेत्रबाटै एनआरएन अभियानमा क्रियाशील बस्नेत वर्तमान राष्ट्रिय कार्यसमितिका सल्लाहाकारसमेत हुन् ।

बस्नेतले उम्मेद्वारी घोषणा गर्दै छानबिन समितिको प्रतिवेदन र केही विवादित घटनाक्रमले एनआरएनए जापानको छवि केही धमिलिएको भन्दै संस्थालाई परिस्कृत गर्ने योजना अघि सारेका छन् ।

बस्नेत २०११-२०१३ मा कान्साई समिति उपसंयोजक, २०१३-२०१५ मा संयोजक हुँदै एनआरएनए अभियानमा जोडिएका हुन् ।

२०१५-२०१७ एनआरएनए जापानको क्षेत्रीय समन्वय समिति संयोजक भएका उनी २०१७-२०१९ र २०१९-२०२१ मा निरन्तर एनआरएनए जापानको सल्लाहकारको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?