Comments Add Comment

डेनिस गोलकिपरलाई लेजर लाइट देखाएको विषयमा छानबिन शुरु

२४ असार, काठमाडौं । युरो २०२० अन्तर्गत इंग्ल्याण्ड र डेनमार्कबीचको खेलमा भएको घटनाको विषयमा युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले इंग्ल्यान्डमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

वेम्बलीमा भएको खेल अतिरिक्त समयमा २-१ ले जित्दै इंग्ल्याण्ड फाइनल पुगेको थियो । तर समर्थकहरुले खेलभावना विपरीत कार्य गरेपछि युइएफएले छानविन प्रकिया अगाडि बढाएको हो ।

सेमिफाइनलमा इंग्लिस समर्थकले डेनिस गोलकिपर क्यास्पर स्माइकललाई लेजर लाइट देखाएका थिए ।

निर्धारित समयमको खेल १-१ को बरारीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । १०४ औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो ।

केनले पेनाल्टी प्रहार गर्नुअघि समर्थकले स्माइकललाई लक्षित गर्दै ग्रीन लेजर लाइट उनको अनुहारमा देखाएका थिए । स्माइकलले सुरुमा पेनाल्टी रोकेका थिए तर केनले रिबाउण्ड बलमा गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए ।

टेलिभिजन दृश्यमा स्माइकलको अनुहारमा लेजर लाइट परेको देखिएको थियो ।

यस्तै डेनमार्कले राष्ट्रिय गान गाएको बेला समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र समर्थकले अतिशबाजी गरेको विषयमा समेत यूईएफएले इंग्ल्याण्डमाथि छानबिन सुरु गरेको छ । युइएफएले यस विषयमा कन्ट्रोल, एथिक्स र डिसिपिलनारी बडीले अनुसन्धान गर्ने जनाएको छ ।

‘युइएफा कन्ट्रोल, एथिक्स र अनुशासनात्मक निकाय (सीईडीबी) द्वारा यथोचित मुद्दामा छानविन गरिनेछ’ युरोपियन फुटबलको नियामक निकायले एक विज्ञप्तिमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment